भारतबाट ल्याउँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ०७
पर्सा । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली नक्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ
-
५ जना मृत अवस्थामा फेला
-
नेविसंघ इकाई उपसभापति बस्नेतले दिए नेपाल कमर्स क्याम्पसबाट स्वतन्त्र उम्मेदवारी
-
काठमाडौँको गेस्ट हाउसमा जुवातास खेलिरहेका ७ जना पक्राउ
-
विरोधको सूचना दर्ता गर्ने सुवाल प्रतिनिधिसभामा अनुपस्थित
-
'आउटलः दफा २१९’लाई पीजी सर्टिफिकेट, देशभर बुकिङ खुल्यो