के तपाईं ग्यास्ट्रिकले हैरान हुनुहुन्छ ? बच्ने केही घरेलु उपाय
ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । यसको मुख्य कारण एच पाइलोरी कीटाणुको संक्रमण हो ।
बुफ्रिन, एन्टिबाइटिक, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छ ।
- ग्यास्ट्रिकका लक्षण
ग्यास्ट्रिकमा निम्न लक्षण देखिन सक्छन् :
- वाकवाकी लाग्नु ।
- बान्ता हुनु ।
- बान्तामा रगत देखिनु ।
- ढ्याउ आउनु ।
- छाती र पेटको बिचको खाल्टो वरिपरि दुख्नु ।
- पेट फुल्नु ।
- पेट कराउनु ।
- कालो दिसा आउनु ।
- कोखा दुख्नु ।
- मुटु दुख्नु ।
- घाँटी पोल्नु ।
- छाती पोल्ने समस्या हुनु ।
- पेट पोल्ने समस्या आउनु ।
- अमिलो डकार आउनु ।
- गन्हाउने डकार आउनु ।
- मुखमा अमिलो पानी आउनु ।
- खाना खान मन नलाग्नु ।
- कालो दिशा आउनु ।
- भोक हराउनु ।
- कब्जियत हुनु ।
घरेलु उपाय : विशेषतः खानपानमा ध्यान दिनुस्
खराब वा असन्तुलित खानपान नै ग्यास्ट्रिकको मूल कारण हो । समयमै खाना नखानु; लामो समयसम्म भोको पेट बस्नु; तनावयुक्त दिनचर्या; चिल्लो–पिरो; भुटेको र तारेको खाना अत्यधिक खानु; शरीरले पचाउनै नसक्ने गरी खानु तर व्यायाम नगर्नुजस्ता कारणले यो समस्या हुने गर्छ । दैनिक व्यायाम गर्ने र पर्याप्त सुत्ने हो भने ग्यास्ट्रिक कम गर्न सकिन्छ ।
ग्यास्ट्रिकबाट बच्न खानपानमा ध्यान दिनुस् ।
- फलफूल र तरकारी
केरा, स्याउ, जामुन, गाजर र हरियो साग तरकारीजस्ता कम अमिलो भएका फलफूल र तरकारी खानुस् । मसालेदार तरकारी खानु हुँदैन । यस्तै, फलफूल अम्लीय प्रकृतिको हुनु हुँदैन ।
- दुधजन्य पदार्थ
कम चिल्लो भएको दुध र सादा दहीजस्ता कम चिल्लो भएका दुधजन्य उत्पादन उपभोग गर्न सक्नुहुन्छ । दही एक राम्रो विकल्प हो, किनभने यसमा स्वस्थ प्रो–बायोटिक्स हुन्छ, जसले पेट र आन्द्रामा भएको ब्याक्टेरिया संक्रमण व्यवस्थापन गर्न मद्दत गर्दछ ।
दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।
- पेय पदार्थ
ग्यास्ट्रिकको समस्या देखिएमा चिनीयुक्त पेय पदार्थ, कफी, सोडा र अम्लीय फलफूलको जुस सेवन नगर्नुस् । सुन्तलाको जुस वा कागतीको रस राम्रो होइन । यस्तै अमिलो खानेकुरा सकभर खानुहँुदैन
- पुदिना
पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । यसलाई बिहान–बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।
- बेसार र ज्वानो
बेसारलाई विभिन्न परिकारमा मसलाको रूपमा प्रयोग गरिन्छ । बेसारमा एन्टिभाइरस, एन्टिब्याक्टेरियल र एन्टिक्यान्सर गुण पाइन्छ । जुन ग्यास्ट्राइटिसको उपचारका लागि उत्कृष्ट विकल्प हो । बेसारमा करक्युमिन नामक तत्त्व हुन्छ, जुन पेटको समस्यामा फाइदाजनक मानिन्छ ।
ज्वानोमा एन्टिअक्सिडेन्ट गुण प्रचुर मात्रामा पाइन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । ज्वानो सेवनले पेटको ग्यास र ग्यास्ट्राइटिसलाई कम गर्न सकिन्छ ।
- लसुन
दुई–तीन पोटी लसुनलाई आगोमा पोल्नुस्, त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसेर, जिराको धुलो, जिराको दानालाई पानीमा उमालेर सेवन गर्न सकिन्छ ।
- दालचिनी
दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।
मोटोपन हुन नदिन नियमित व्यायाम गर्न सकिन्छ । दिनमा कम्तीमा आधा घण्टा मात्रै भए पनि हिँड्ने बानी बसाल्नुपर्छ । यी सावधानी अपनाउने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस