सुनको मूल्य स्थिर, चाँदीको घट्यो
मङ्गलबार, १८ वैशाख २०८१, १० : ४८

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तथापि, यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।