सुहाङको विजय सभामा सहभागी हुन ओली इलाममा
मङ्गलबार, १८ वैशाख २०८१, ०९ : २१

काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् ।
नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम बजारमा दिउँसो हुने सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।
इलाम बजारको सभा सकेर नव निर्वाचित संघीय सांसद सुहाङ निर्वाचन क्षेत्रका पालिकाका मतदातालाई धन्यवाद प्रकट गर्न स्थानीय तहमा जानेछन् ।
नेम्वाङ २७ हजार ७७२ मतसहित इलाम २ मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) तेस्रो हुँदा रास्वपाका मिलन लिम्बुले जमानत जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?