संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : रमेश लेखक
महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताको जडबाट मुलुकलाई जोगाउन कमीकमजोरी सुधारेर संविधान संशोधन गरी अघि बढ्नुपर्ने बताएका छन् ।
कार्यकर्ता भेटघाटका क्रममा आज यहाँको बेलौरी नगरपालिका–९ रतनपुरमा आयोजित कार्यक्रममा प्रमुख सचेतक लेखकले केन्द्रमा ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशमा चार सिट भएको पार्टीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था रहेको बताए ।
“यो जुन अस्थिरताको जड छ, यसबाट मुुलुकलाई जोगाउन हामीले आफूलाई सच्याउनु पर्छ”, लेखकले भने, “हाम्रा कमीकमजोरी छन् । संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।”
उनले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने आशय व्यक्त गरे । उच्च मनोबलका साथ पार्टीको गतिविधि बढाउन नेता तथा कार्यकर्तालाई उनको आग्रह थियो । २०७३ सालमा आफू मन्त्री हुँदा सुरु गरिएको कञ्चनपुरको दक्षिण क्षेत्रको हुलाकी सडक योजना अझै पूरा नहुनुमा निर्माण कम्पनीको बेवास्ता भएको उनले बताए ।
“दैजी बैल्डाडी, बेलौरी–डोकेबजारसम्म हुलाकी सडक अझै पूरा नहुनुमा बजेट अभावलगायत कारण होइनन्”, लेखकले भने, “सडक निर्माण पूरा गर्न सम्बन्धित निकायमा फेरि पहल गर्छु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय
-
बजारका अधिकांश तरकारीमा विषादी
-
डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो