निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा छु : कोइराला

झापा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने जिकिर गरेका हुन् ।
झापामा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘बीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यति बेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताए । नेता कोइरालाले देश विकासको बाधक राजनीतिक अस्थिरता भएको ठोकुवा गरे ।
‘यदि देशमा राजनीतिक स्थायित्व थियो भने लगानी भित्र्याउन कुनै सम्मेलन गर्नुपर्दैनथ्यो,’ कोइरालाले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण छ, सबै ऐन कानुनहरू लगानीमैत्री छन् । सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने लगानीकर्तामा विश्वस्त गराउनु जरुरी छ । सरकारपिच्छे नीतिहरू परिवर्तन हुन्छन् । त्यही भएर पनि अहिलेको अवस्थामा लगानीकर्ताले ढुक्कले लगानी गर्ने अवस्था देखिँदैन ।’
उनले विगतमा गरिएको लगानी सम्मेलनले के–कति परिणाम निकाल्यो भन्ने समीक्षा हुनुपर्नेमा जोड दिए । ‘सम्मेलनमा गरिएका प्रतिबद्धता र समझदारीअनुसार कतिको लगानी भित्रियो भनेर समीक्षा गर्नुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक छ : कांग्रेस सांसद गिरी
-
सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
-
जब कैँची बोकेर मलाइकाको घरमा एक युवती पुगिन्
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग