विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल

काठमाडौँ । केटिएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ ।
सोही क्रममा भुर्तेल ग्रुपको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन् । आज कन्सलटेन्सी र भुर्तेलबिच एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा सम्झौता भएको हो ।
भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागिरहेको बताए । उनले आगामी टी २० विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।
केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौँ, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एसियामा भुटान, बङ्गलादेश, श्रीलङ्कामा पनि ब्रान्चहरू रहेका छन् । ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई अस्टेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरूमा पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा