बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बारामा चिरान मिलमा छापामारी गर्दा सय क्युफिट काठ बरामद

सोमबार, १७ वैशाख २०८१, १७ : २५
सोमबार, १७ वैशाख २०८१

बारा । डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको एक चिरान मिलमा छापामारी गरी करिब एक सय क्युफिट काठ नियन्त्रणमा लिएको छ ।

सव डिभिजन वन कार्यालय मधुवनले पिपरा चिरान मिलमा छापामारी साल प्रजातिको ८ थान, सिसौका ३ थान, टिक २ थान र सालको  चिरान कडी १० थान गरी करिब १ सय क्युफिट बरामद गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

सव डिभिजन वन कार्यालय मधुवनका बन अधिकृत सञ्जयकुमार चौधरीको कमान्डमा जनपद प्रहरी,सशस्त्र प्रहरी र सशस्त्र वन रक्षक सहितको टोली आइतबार चिरान मिलमा पुगेर घेराबन्दी गरी खोजतलास गर्ने क्रममा सो परिणामको काठ फेला परेको हो । 

सोही क्रममा मिलको  आसपासमा रहेको केही घर,खेत तथा आँगनको अगाडिबाट बेवारिसे अवस्थामा राखिएको काठ नियन्त्रणमा लिएको छ  ।

नियन्त्रणमा लिएको काठ आफ्नो भएको दाबी गर्न कोही नआएको वन कार्यालयले जनाएको छ ।  मधुवन सव डिभिजनका प्रमुख अब्दुल करिमले काठ नियन्त्रणमा लिएको चिरान मिल रामधामी कुर्मीको रहेको बताएका छन् ।

उनले जङ्गलमा काटिएको रुखको अनुसन्धान गर्दै जाँदा काठ चिरान मिलमा  फेला परेको र साइकलको चक्काको चिन्हलाई पछ्याउँदै जाँदा बिशेष सुराकीको आधारमा काठ बरामद गर्न सफल भएको बताए ।

बरामद भएको काठ सब डिभिजन बन कार्यालय मधुवनमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप