माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन : पूर्व मुख्यमन्त्री शर्मा
सोमबार, १७ वैशाख २०८१, १७ : १४

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको प्रस्ट पारेका छन् । कर्णालीमा लामो समयसम्म पनि मन्त्रिपरिषद् गठन नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मै आलोचना गरेपछि उनले सो जवाफ फर्काएका हुन् ।
सोमबारको प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले माओवादीले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या सिर्जना नगरेको बताए ।
‘बाहिर माओवादीका कारण सरकार विस्तार हुन सकेन भन्ने पारिएको छ,’शर्माले भने, ‘मन्त्रिपरिषद् गठनमा माओवादीबाट कुनै रोकतोक भएको छैन । हामीले चाहेर ढिलाढाला भएको पनि हैन, प्रदेशले चाहेर उथलपुथल भएको पनि छैन । मुख्यमन्त्रीका केही बाध्यता र विवशता मन्त्रिपरिषद् गठनमा ढिलाइ भएको होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता
-
हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरणको मागलाई अस्वीकार
-
अमेरिकासँगको व्यापार वार्ताबाट यस्तो अपेक्षा राखिरहेछन् कोरियाली राष्ट्रपति