काठमाडौँ र ललितपुरमा एकै दिन चोरी
सोमबार, १७ वैशाख २०८१, १४ : ३५

काठमाडौँ । आइतबार काठमाडौँ र ललितपुर जिल्लामा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-७ चाबहिल शान्तिगोरेटो डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सरस्वती खड्काको कोठामा चोरी भएको हो ।
आइतबार दिउँसो ढोकाको ताला फोडेर धनमाल चोरी भएको थियो । कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनको विभिन्न गहना गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
यता ललितपुरको महालक्ष्मी नगरपालिका-५ सिद्धार्थ टोल बस्ने ४० वर्षीय सानो लामाको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ९९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति फलदायी ?
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित