बझाङ उपनिर्वाचनको नतिजा : कसको कति मत ?

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भएका छन् । निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै उनी निर्वाचित भएको घोषणा गरेको हो ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह ११ हजार ३४६ मतका साथ पराजित बने । उनीहरुबिचको मतान्तर २६६ रहेको छ । नतिजाअनुसार पराजित अन्य उम्मेदवारहरु नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए ।
यसैगरी राप्रपाका किशोरकुमार खड्काले २४२, जसपाका रामबहादुर जाग्रीले ४४ मत पाउँदा जनमत पार्टीका सुशीलदेवी विष्टले २६ मत पाएको आयोगले जनाएको छ । यस्तै नेमकिपाका खचेन्द्र बहादुर शाहीले २४ मत पाउँदा अन्य उम्मेदवारहरु गजेन्द्र बहादुर थापाले ३५, दीपकबहादुर खड्काले २८ र कमलबहादुर घर्ती मगरले २ मत पाए । निर्वाचनमा नेशनल रिपब्लिक नेपालका उम्मेदवार घर्तीमगरले २ मतमात्रै पाएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा
-
मुस्लिम समुदायको अपमान गरेको आरोपमा थालापथी विजयविरुद्ध एफआईआर दर्ता
-
भन्सार जाँच पासपछि अनुसन्धानको नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरूको जोड
-
पुलिस क्लबको लगातार दोस्रो जित, कोशी प्रदेशको लगातार तेस्रो हार