काजोलले रेस्टुरेन्टमा फ्यानलाई गरिन् दुर्व्यवहार

नयाँ दिल्ली । आफ्नो फिल्मी करियरमा बलिउड अभिनेत्री काजोलले फरक फरक खालको भूमिका निर्वाह गरेकी छन् । आफ्नो डेब्यु फिल्म ‘बेखुदी’ देखि ओटीटीसम्म उनले दर्शकहरूलाई आफ्नो अभिनयबाट भरपुर मनोरञ्जन दिइरहेकी छिन् । आफ्नो प्रोफेसनल लाइफ बाहेक अभिनेत्री आफ्नो पर्सनल लाइफका कारण पनि चर्चामा आइरहन्छिन् ।
हालै मात्र सामाजिक सञ्जालमा अभिनेत्रीको एक पोस्ट निकै भाइरल भइरहेको छ । यसका कारण उनको निकै आलोचना भइरहेको छ । काजोलका फ्यानहरु उनलाई धमाधम ट्रोल गरिरहेका छन् । अभिनेत्रीले हालै एक रेस्टुरेन्टमा आफ्ना अटिजम पीडित फ्यानलाई नराम्रो व्यवहार गरेको बताइएको छ । यो घटना जुहुको एक हाई–एन्ड रेस्टुराँको हो । पीडित पनि रेस्टुराँकै वेटर भएको बताइएको छ । घटनाबारे बताउने व्यक्ति पनि सोही रेस्टुराँका वेटर थिए ।
काजोल आइतबार आफ्ना केही साथीहरूसँग सोही रेस्टुराँमा पुगेकी थिइन् । आफूलाई मनपर्ने अभिनेत्रीलाई देखेर ती फ्यान वेटर पनि खुसी भए । अभिनेत्रीलाई देख्नु उनका लागि सपना साकार भएजस्तै थियो । उनी अभिनेत्रीलाई भविष्यका लागि शुभकामना दिन चाहन्थे । वेटरले बिल लिएर अभिनेत्रीको टेबलमा गए । अभिनेत्रीलाई देखेर उनी खुसीले रुन थाले । यो देखेर काजोलले ‘भयो ? नौटंकी बन्द गरेर बिल लिउ’ भनिन् ।
रेस्टुराँको म्यानेजरलाई उनी जस्ता मान्छे काममा राखेको भन्दै उनले गुनासो पनि गरिन् । अभिनेत्रीको व्यवहारप्रति अधिकांश रुष्ट छन् । एक युजरले त काजोललाई बलिउडको इतिहासमा सबैभन्दा असभ्य सेलिब्रेटी बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा