उपनिर्वाचन
सुहाङले कटाए ११ हजार मत, डाक प्रसादको अझै भेटिएन भोट !
सोमबार, १७ वैशाख २०८१, ११ : १६

काठमाडौँ । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् ।
यसैगरी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् ।
तर, २६ हजार ४३९ सदर मत गणना हुँदा स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् । अर्का उम्मेदवार धनराज राना मगरले भने २ मत पाएका छन् । शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो