सुनको मूल्य घट्यो, तोलामा कति ?
सोमबार, १७ वैशाख २०८१, ११ : ०३

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घट्दै १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट