उपनिर्वाचन
बझाङमा कांग्रेसका सिंहलाई २ सय ४१ मतको अग्रता
सोमबार, १७ वैशाख २०८१, ०८ : १४

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २२ हजार २९६ मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा (१ ) मा शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इसेवाबाट 'होली केयर' सार्वजनिक
-
नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियनको बराबरी
-
आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार
-
प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
-
उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई चुनौती
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’