अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबिच टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ ।
आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइटहाउसले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार इजरायल उत्तरी गाजामा मानवीय सहायताका लागि कर्नी र इरेज क्रसिङका ढोकाहरू खोल्न तयार छ । गाजामा खाद्य असुरक्षा बढ्दै गएकाले सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्न थप क्रसिङहरू खोल्नु महत्त्वपूर्ण मानिन्छ ।
दुई नेताहरूले रफाहमा हमास विरुद्ध सम्भावित इजरायली कारबाहीबारे छलफल गरेका थिए । बाइडेनले गाजाको दक्षिणी सहरमा इजरायली कारबाहीलाई समर्थन नगर्ने पनि बताएका छन् ।
बाइडेनले अमेरिका गाजालाई सहायता उपलब्ध गराउने आफ्नो अडानमा अडिग रहेको र तेल अभिभले यस सम्बन्धमा आफ्नो प्रयासलाई अझ बढाउनुपर्ने बताए । दुवै नेताले गाजामा तत्काल युद्धविरामका लागि चलिरहेको वार्ताका साथै बन्धकहरूको रिहाइको पनि समीक्षा गरेको जनाइएको छ ।
यस्तै, अमेरिकी विश्वविद्यालयहरूमा पछिल्लो समय प्यालेस्टाइनको समर्थनमा प्रदर्शन चर्किएको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनमा पक्राउ परेका विद्यार्थीको संख्या ७ सय नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा