मोनाको हारेपछि पीएसजीलाई लगातार तेस्रो उपाधि
सोमबार, १७ वैशाख २०८१, ०६ : ४२

पेरिस । दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग २–३ गोलले पराजित भएपछि पेरिस सेन्ट जर्मेनले लगातार तेस्रो लिग वान उपाधि जितेको छ ।
लिगमा तीन खेल बाँकी छँदा पीएसजीले शीर्ष स्थानमा १२ अङ्कको अग्रता बनाएको छ । यो अग्रतालाई अब उछिन्न असम्भव छ ।
लुइस एनरिकेको टोलीले शनिबार नै उपाधिमाथि कब्जा जमाउन सक्थ्यो । तर, रेलिगेसनको खतरामा रहेको ले हार्भेसँग बराबरी खेलेपछि टोलीले उपाधिका लागि थप एक दिन पर्खनुपरेको हो ।
पीएसजीको यो १२ औँ लिग वान उपाधि हो । क्लबले पछिल्ला ११ वर्षमा १० औँ पटक उपाधि जितेको छ । अब टोलीले बोरुसिया डर्टमण्डविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो ध्यान केन्द्रित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?