उपनिर्वाचन
इलाममा अग्रता बढाउँदै एमाले
सोमबार, १७ वैशाख २०८१, ०५ : ५७

इलाम । प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका हुन् ।
सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मत सहित चौथो स्थानमा सीमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम