पश्चिमी र स्थानीय वायुको प्रभाव : चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
भोलि मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’