गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो

पर्सा । काठमाडौँको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानमाथि प्रहरीले गोली चलाएको छ । आइतबार राति पर्साको वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ ।
पर्साका एसपी कुमोध ढुंगेलले चेकजाँचका क्रममा उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिए । उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाटमोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।
उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।
जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई रातिको समयमा बा६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेका थिए । उक्त घटनामा त्यतिबेलै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि भारतीय नागरिक बब्लु पासवान भने फरार रहँदै आएका थिए ।
उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका थिए । बब्लु पासवान भारतको रक्सौलका भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय