युनिलिभरले वार्षिक ३ सय करोड कर तिर्छ, यो नेपालको सफलता हो : एमडी मुखर्जी

काठमाडौँ । युनिलिभर कम्पनीका कार्यकारी निर्देशक (एमडी) अम्लन मुखर्जीले वार्षिक ३ अर्ब रुपैयाँ कर तिर्ने कम्पनी आउनु नेपालको सफलता भएको बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलन कार्यक्रममा बोल्दै उनले यस्तो भएका हुन् ।
उनले ले भने, ‘युनिलिभर विश्वप्यापी कम्पनी हो । यसमा कुनै शंका छैन । वृहत्त लगानी र रोजगारीसँगै नेपाल सरकारलाई कम्पनीले ठुलो परिमाणमा कर तिरिरहेको छ । युनिलिभरले प्रत्यक्षपरोक्ष रूपमा नेपाल सरकारलाई वार्षिक करिब ३ सय करोड (३ अर्ब) रुपैयाँ कर तिर्छ । यो नेपालको सफलता हो ।’
१५० भन्दा बढी उत्पादन दिइरहेको कम्पनीले नेपालमा २७५ मिलियन अमेरिका डलर अर्थात् २७ करोड ५० लाखभन्दा बढी पुँजी लगानी गरेको उनले बताए । एमडी मुखर्जीले पुँजीबजारमा कम्पनीको सेयर मूल्य समेत ३ सय अमेरिकी डलर पुगेको भन्दै खुसी व्यक्त गरे ।
यो सबै हुनुमा केबल कम्पनीको मात्र सफलता नभएर नेपालको पनि सफलता भएको उनको तर्क छ ।
मुखर्जीले युनिलिभर वातावरण संरक्षण र स्वच्छतामा जिम्मेवार रहेको बताउँदै कम्पनीले प्लास्टिकजन्य वस्तु उत्पादनलाई शतप्रतिशत फिर्ता लिने बताए । यसैगरी ६० प्रतिशत प्लास्टिकलाई विभिन्न प्रयोग र प्रक्रियामार्फत कम्पनीले पुनःप्रयोगमा ल्याउने गरेको उनले दाबी गरे ।
अद्यावधिक गरिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)
-
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
-
अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
-
‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’