अदालत
लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद
आइतबार, १६ वैशाख २०८१, १९ : २२

काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष अदालतले उनलाई तीन वर्ष कैद निर्धारण गरेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले उनलाई २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ ।
विभागले उनलाई १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाएको थियो ।
गत चैत २५ मै उनी अदालतबाट दोषी ठहर भएपनि सजाय निर्धारणका लागि आइतबारको पेशी तोकिएको थियो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण