मतदान अपडेट
इलाममा डम्बरसँग मतान्तर घटाउँदै सुहाङ
आइतबार, १६ वैशाख २०८१, १७ : ३९

काठमाडौँ । इलाम उपनिर्वाचन-२ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ । यी तीन वडाको ४ हजार ३२ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम छ ।
कांग्रेसका डम्बर खड्काले १६ सय ४३ मत पाउँदा एमालेका सुहाङले १६ सय १ मत पाएका छन् । एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् । उनीहरूबिचको मतान्तर ४२ मा झरेको छ । यसअघि १ र २ नम्बर वडाको मतगणना सकिँदा सुहाङ ८३ मतले पछाडि थिए ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३६ मत र चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ सय ५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण
-
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ