भारत यात्रा टरेपछि चीन पुगे मस्क

बेइजिङ । अमेरिकी खर्बपति व्यापारी एलन मस्क चीन पुगेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा छापिएको खबरका अनुसार मस्क चीनको राजधानी बेइजिङमा पुगेका छन् । त्यहाँ मस्कले वरिष्ट चिनियाँ अधिकारीहरूसँग विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्लाको फुल–सेल्फ ड्राइभिङ सफ्टवेयर सार्वजनिक गर्ने विषयमा चर्चा गर्न सक्ने बताइएको छ ।
यसबाहेक सफ्टवेयरको एल्थोरिदमलाई तालिम दिन चीनमा सङ्कलन गरिएको डेटालाई विदेश पठाउने मञ्जरीमाथि पनि छलफल हुन सक्ने बताइएको छ । फुल–सेल्फ ड्राइभिङलाई टेस्लाका लाखौँ ग्राहकहरूको कारबाट सङ्कलन गरिएको भिडियोबाट तालिम दिइन्छ । अप्ठ्यारो खालको स्थितिमा समेत मानव चालकले के गर्छन् भन्ने सिक्न कम्पनीको अटोपाइलट टिमले यस्ता डेटाहरू प्रोसेस गर्ने बताइएको छ । यसकै नक्कल गरेर कम्प्युटर न्यूरल नेटवर्कलाई तालिम दिइन्छ ।
साङहाईमा टेस्लाका चिनियाँ चालकका डेटा भण्डारण
टेस्लाले सन् २०२१ देखि साङ्हाईमा चीनमा प्रयोगमा आएका आफ्ना सवारी साधनबाट सङ्कलन गरिएको डाटा भण्डारण गरेर राखेको छ । यसलाई अमेरिकालाई दिइएको छैन । टेस्लाले चार वर्षअघि आफ्नो अटोपायलट सफ्टवेयरको सबैभन्दा स्वायत्त संस्करण एफएसडी लञ्च गरेको थियो ।
चिनियाँ ग्राहकहरूले घरेलु बजारमा एफएसडी उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । तर पनि चीनमा यसलाई उपलब्ध गराइएको छैन । यद्यपि, सोशल मिडिया प्लेटफर्म एक्समा एक प्रश्नको जवाफमा टेस्लाले यस महिना चीनका ग्राहकलाई एफएसडी उपलब्ध गराउन सक्ने मस्कले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरामाथि छलफल
-
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही