मृत भेटिइन् भोजपुरी अभिनेत्री
बिहार । भोजपुरी अभिनेत्री अमृता पाण्डेको शव भागलपुरमा फेला परेको छ । आदमपुर क्षेत्रस्थित दिव्यधाम अपार्टमेन्टको फ्ल्याट नम्बर १०४ मा पंखामा साडीको फन्दा बनाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
स्थानीय बासिन्दाको सहयोगमा अभिनेत्रीको परिवारले शवलाई फन्दाबाट निकालेर स्थानीय अस्पतालमा लगेका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका । परिवारका सदस्यले तत्कालै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै जोगसार थानाको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धानका लागि फरेन्सिक टोली बोलाएको थियो ।
टोली आएर सबै प्रमाण जुटाएर आफूसँगै लगेको बताइएको छ । बिहान १०ः१५ बजे अमृताले ह्वाट्सएपमा स्टेटस पोष्ट गरेको प्रहरीले उनको मोबाइलबाट थाहा पाएको छ । ‘दुईवटा डुंगामा सवार थियो उसको जीवन, मैले डुङ्गा डुबाएर उसको यात्रा सहज बनाइदिए ।’ लेखिएको थियो ।
प्रहरीले यही स्ट्याटसको आधारमा अनुसन्धान गरिरहेको छ । यो हाई प्रोफाइल मामिला भएकोले प्रहरीले उच्च स्तरीय अनुसन्धान गर्ने बताइएको छ । यसका लागि एसपी आनन्द कुमारको निर्देशनमा टोली गठन गरिएको छ । परिवारका सदस्यसँग सोधपुछ भइरहेको छ । यस विषयमा थप कारबाही भइरहेको छ । भोजपुरी फिल्म उद्योगमा आफ्नो स्थान बनाएकी नायिकाको सामाजिक सञ्जालमा पोस्ट गरेपछि रहस्यमय मृत्यु हुनु र लामो समयदेखि डिप्रेसन वाला पोस्ट गरिरहेकी भएपनि परिवारलाई यसबारे कुनै जानकारी नहुनुले प्रश्न खडा गरेको छ ।
अमृताको बिहे २०२२ मा छत्तीसगढको बिलासपुर निवासी चन्द्रमणि झाङ्देसँग भएको थियो । उनी एनिमेसनसम्बन्धी काम गर्थे । विवाहपछि दुवै मुम्बईमा बस्दै आएका थिए । उनी अप्रिल १२ मा जेठी बहिनी वीणा पाण्डेको बिहेमा सहभागी हुन आएकी थिइन् । १८ अप्रिलमा विवाहपछि उनी भागलपुरमा बसिन् । तर, उनका श्रीमान् मुम्बई फर्किए ।
शनिबार पङ्खामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । उनी डिप्रेसनमा रहेको परिवारका सदस्यले बताएका छन् । उनको उपचार भइरहेको थियो । अमृता पाण्डेले चर्चित भोजपुरी अभिनेता खेसरीलाल यादवसँग फिल्म दीवानापनमा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?
-
ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?