मैत्रीपूर्ण टी–२० प्रतियोगिता
दीपेन्द्रसिंह ऐरीले लिए वेस्ट इन्डिजको सातौँ विकेट
आइतबार, १६ वैशाख २०८१, १३ : ३९

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो सातौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजको सातौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई लोकेश बमद्वारा क्याच गराए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका फ्लेचरले पेभेलियन फर्किनुअघि ४३ रन बनाएका थिए । उनले ३६ बलको सामना गरी तीन छक्का पनि हिर्काएका थिए । १७.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय १५ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत