कतारमा रहेका ४३ जना नेपाली जसपामा प्रवेश
आइतबार, १६ वैशाख २०८१, १३ : ३३

दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश गरेको उनको निजी सचिवालयले जनाएको हो।
कतारको सनैयामा शनिबार आयोजित कार्यक्रममार्फत प्रवेश गरेका युवालाई मन्त्री यादवले स्वागत गरेका थिए । कतारमा व्यवसाय गर्दै आएका मोहम्मद तनबिर रेजा, समाजसेवी कलाम खान, चन्द्रवीरु यादव, रामबाबु यादव, मेराजुदिन, शकिल अहमद, शेख आरिफलगायत युवा संगठनमा आबद्ध भएका छन् । समाजका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक