अभिनेता साहिल खान पक्राउ
![अभिनेता साहिल खान पक्राउ](https://npcdn.ratopati.com/media/news/sahil-khan_to9qYRUF2N.jpg)
नयाँ दिल्ली । मुम्बई प्रहरीले फिल्म अभिनेता साहिल खानलाई पक्राउ गरेको छ । छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट उनलाई पक्राउ गरेको हो । साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ ।
बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए । तर अदालतले जमानत याचिका खारेज गरिदिएपछि साहिल बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए ।
पक्राउ परेपछि साहिल खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ । ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ ।’ समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै साहिल खानले भनेका छन् । गतहप्ता मुम्बई पुलिसले यस मामिलामा अभिनेता सञ्जय दत्त र तमन्ना भाटियालाई पनि समन जारी गरेको थियो ।
भारत सरकारको प्रबर्तन निर्देशालय अर्थात ईडीले यो एपमाथि छानबिन गरिरहेको छ । यो एपको मूल्य कयौं हजार करोड रुपैयाँ भएको बताइएको छ । गत वर्ष दुबईमा भएको बिहेमा यस एपका मालिक सौरभ चन्द्राकारले २ सय करोड रुपैयाँ खर्च गरेको खबर आएपछि महादेव एप पहिलोपटक चर्चामा आएको थियो ।
गत वर्ष अगस्टमा ईडीले छत्तीसगढ पुलिस सहायक उपनिरीक्षक चन्द्रभूषण बर्मा, सतीश चन्द्राकार, हवाला अपरेटर अनिल दममानी र सुनील दममानीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन अन्तर्गत पक्राउ गरेको थियो ।
कोलकाता, भोपाल, मुम्बईसहित ३९ शहरमा छापा मारेर ४१७ करोडको नगद, सम्पत्ति र अन्य प्रमाणहरू जफत गरेको सेप्टेम्बर १५ मा जारी एक बयानमा ईडीले भनेको थियो । मुम्बई फिल्म उद्योगका धेरै कलाकारहरूले महादेव सट्टा एपको प्रवद्र्धन गरेको, यसले आयोजना गरेको कार्यक्रममा सहभागी भएको र कयौं अनलाइन एपमा हिस्सेदार रहेको खबर आएपछि मुम्बई प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान