चीनले गर्यो नेपाली नागरिकका लागि भिसा निःशुल्क

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।
नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ ।
चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुङ्गो लगाएर आएका थिए ।
उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेका थिए । चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीनमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएका कारण लगानी गर्न सजिलो हुने बताएका थिए ।
उनले सो कार्यक्रममा चीनले पनि नेपालका लागि भिसा फ्री गर्नुपर्ने धारणा राखेका थिए । २०७२ मा तत्कालीन परराष्ट्र मन्त्री कमल थापा चीन भ्रमणमा गएका बेला त्यहाँका विदेश मन्त्री वाङ यीसँग सो विषयमा आठ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा एउटा बुँदा चिनियाँ पर्यटकलाई नेपालले फ्री भिसा दिने उल्लेख छ ।
सो सम्झौताअनुसार २०७२ चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । सो निर्णय भएलगतै चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएर यसको शुभारम्भ गरेको थियो ।
चीनको भिसाका लागि दुई हजार २०० रुपैयाँ (चार दिनभित्र) तिर्नुपथ्यो । २०७६ सालमा त्यसलाई वृद्धि गरेर तीन हजार ९०० पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास