आम नागरिकमा राजनीतिक दलप्रति चरम वितृष्णा छ । महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिति र देशको खस्किँदो अर्थतन्त्रबाट निराश देखिएका उनीहरू बिदेसिने क्रम तीव्र छ । सत्ता समीकरण फेरबदलको चक्रव्यूहमा सङ्घ, प्रदेश सरकार नराम्ररी प्रभावित भएका छन् । भौतिक पूर्वाधार विकास, विकास निर्माणको कार्यप्रगति सन्तोषजनक नदेखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
चौतर्फी निराशाका बिचबाट देशले कसरी निकास पाउँछ ? पछिल्लो सत्ता समीकरणले यावत समस्याको समाधान गर्न सक्छ ? फेरि वामपन्थी ध्रुवीकरण र एकताको चर्चा चलिरहेको अवस्थामा मुलुकको राजनीति कुन दिशामा अघि बढ्दा ? यस्तै समसामयिक विषयमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, डा. भट्टराईसँग गरिएको कुराकानीका सम्पादित अंश–
नागरिकमा देखिएका चरम निराशा अन्त्यका निम्ति संविधानमा भएका कमी कमजोरी सच्याउन प्रयत्न गरेका छौँ । मुख्य रूपमा नेपाली जनताको सुशासन र समृद्धिको जुन आकाङ्क्षा छ, त्यो मुद्दालाई अभियान बनाएर दबाब दिनुपर्छ । राज्यले अहिलेसम्मको दबाबलाई देखिराखेको छैन । झन् भ्रष्टाचारमा डुब्दै गएको छ । दलका नेताहरू नै भ्रष्टाचारमा प्रत्यक्ष संलग्न भएको प्रस्ट देखिन्छ ।
यो देश बन्दैन भनेर केही युवा विदेश पलायन हुँदै जाने, यसकै बलमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने खतरा छ ।
कारबाहीका निम्ति उनीहरू अलिकति कोट्याउँछन्, आफ्नै मान्छे देखा पर्छ । त्यसपछि ढाकछोप गर्छन् । प्रत्येक पटक सत्तामा जाने भनेको आफूले गरेको भ्रष्टाचार छोप्नलाई हो । त्यसले गर्दा हामी अग्रगामी शक्तिहरूले भ्रष्टाचारको जरोलाई उत्खननतर्फ जानुपर्छ । त्यसका निम्ति पहिला शक्तिशाली लोकपाल आयोग गठन गरेर सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने ढङ्गले जानुपर्छ ।
दोस्रो विकास र समृद्धि नै हो । अहिले कृषि प्रधान अर्थतन्त्र छ, ६० प्रतिशत जनता अझै कृषिमा आश्रित छन् । भारतसँग खुला सीमानाका कारण प्रतिस्पर्धा गर्न नसक्दा धराशायी बन्दै गएको छ । युवाहरू रोजगारी नपाइ विदेश पलायन हुने अवस्था छ । त्यसका निम्ति अधिकार सम्पन्न शक्तिशाली राष्ट्रिय विकास प्राधिकरण बनाएर कम्तीमा २ दशक मार्गचित्र बनाउनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमार्फत विकास प्राधिकरणले बनाएको मार्गचित्र कार्यान्वयन गर्नुपर्छ । यो नै निकासको बाटो हो । हामी त्यो दिशामा छौँ । त्यसो नगरेसम्म जनता निराश हुने, यो देश बन्दैन भनेर केही युवा विदेश पलायन हुँदै जाने, यसकै बलमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने खतरा छ । हिजोका कांग्रेस, एमाले, माओवादी लगायतका मूल नेतृत्व बाधक बनेर बसेका छन्, त्यसलाई हामीले चिर्नुपर्छ ।
त्यसै भएर जनदबाब आवश्यक छ । कि त यही संसद्ले संविधान संशोधन गरी लोकपाल आयोग गठन गरोस् । सक्दैन भने शान्तिपूर्ण जनआन्दोलन सिर्जना गरी त्यसको बलमा आयोग गठन गर्नुपर्छ । योभन्दा विकल्प अरू छैन । जनताकै बलमा अहिलेको परिवर्तन आएको हो । यसका लागि पहिले संविधान संशोधनका लागि दबाब दिने । यदि मान्नुहुन्न भने सडकबाट ठुलो जनदबाब मार्फत आयोग गठन हुन्छ । योभन्दा अर्को उपाय छैन ।
नावदेखि चुनावसम्म गर्दा जनता सत्तामुखी हुने, पुरानै शक्तिजस्तो बन्ने खतरा हुन्छ । त्यसैले हामीले निरन्तर जनताको मुद्दा लिएर झकझकाइ रहने गरी जनअभियान आन्दोलन समिति गठन गरेका छौँ ।
हिजोका क्रान्तिकारी शक्तिहरू यथास्थितिवादीमा परिणत भइदिए । त्यसले गर्दा जनताका ठुलो तप्का त्यही लुटपुटिएर भ्रमित भएर बसेका छन् । हामीजस्ता अगाडि जान खोजेका शक्तिहरू अझै शक्तिशाली बनिसकेको छैन । त्यसले गर्दा सडकमा नदेखिएको हो । यस सम्बन्धमा हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले अभियान र आन्दोलनमार्फत पार्टी निर्माण गर्ने एजेण्डा पास गरेको छ ।
चुनावदेखि चुनावसम्म गर्दा जनता सत्तामुखी हुने, पुरानै शक्तिजस्तो बन्ने खतरा हुन्छ । त्यसैले हामीले निरन्तर जनताको मुद्दा लिएर झकझकाइ रहने गरी जनअभियान आन्दोलन समिति गठन गरेका छौँ । यही मे दिवसबाट अभियानको रूपमा सञ्चालन गर्छौँ ।
माओवादी आन्दोलनदेखि शान्ति स्थापनासम्मको नेतृत्व मैले नै गरेको हो । विचार निर्माण, संविधानसभा, गणतन्त्र, संविधान निर्माणका कुरामा मेरो महत्त्वपूर्ण योगदान छ । मेरो लाइनले नै संविधान जारी गर्ने ठाउँसम्म आइपुगेकै हो । अब माओवादीले आफ्नो कार्यभार पूरा गरिसक्यो । संसारभर धेरै परिवर्तन आइसक्यो । कम्युनिस्ट आन्दोलनले अबको कार्यभार पूरा गर्न सक्दैन । नयाँ समाजवादी शक्ति निर्माण गरेर जाऊँ भनेर माओवादी पार्टीमा छँदै मैले २०७० साल फागुनमा कुरा उठाएको थिएँ । दुई वर्षसम्म पार्टीभित्र बहस चलाएँ । तर स्टालिनमा आधारित कम्युनिस्ट पार्टी जुन एकमनावादी हुन्छ, त्यसले ज्यान गए पनि पार्टीलाई रूपान्तरण गर्न दिँदैन । रूपान्तरण नभएपछि हामी बाहिर निस्किएका हौँ ।
कम्युनिस्ट पार्टी आफैँमा रूपान्तरण भएको संसारमा कुनै पनि उदाहरण छैन । अन्तिम ध्वंसनाश नभएसम्म यस्तै भइराख्छ । माओवादी र एमालेमा कुनै भिन्नता छैन । माओवादी प्रचण्डपन्थी शक्तिमा रूपान्तरण भयो, त्यो एमालेमा विलय भएर जान्छ । यसको भविष्य छैन । त्यहाँभित्र अग्रगामी सोच राख्ने क्रान्तिकारी साथीहरू निस्किने बित्तिकै वैकल्पिक शक्ति बनेर जान्छ ।
कांग्रेस, एमाले र माओवादीभित्र फेरि पुनसंरचना हुन्छ । त्यसैले नेपालको सन्दर्भमा तीन धार देखिन्छ । एउटा मध्यदक्षिणपन्थी धार, जसको नेतृत्व पुँजीपति, समान्त वर्गले गर्छ ।
नयाँ युगमा नयाँ एजेण्डासहित शक्तिहरू जन्मन्छन् । सुरुसुरुमा खाकासहित आउँदैन । ००७ साल वरिपरि कांग्रेस, कम्युनिस्ट, प्रजापरिषद् आदि च्याउसरी पार्टी थिए । तिनीहरू छाटिँदैछाटिँदै गएर कांग्रेस र कम्युनिस्ट बाँकी रहेका हुन् । ०७२ सालपछि पनि मैले नै नयाँ शक्तिको आह्वान गरेँ । एकैचोटी बनिबनाउ बन्दैन । पछिल्लो समय स्वतन्त्र पार्टी आएका छन् । ठाउँठाउँमा नयाँ पार्टी जन्मिएका छन् । स्वाभाविक प्रक्रियामा यिनीहरू थिग्रिन्छन् । यिनीहरूमध्येबाटै नयाँ शक्ति निर्माण हुन्छ ।
कांग्रेस, एमाले र माओवादीभित्र फेरि पुनसंरचना हुन्छ । त्यसैले नेपालको सन्दर्भमा तीन धार देखिन्छ । एउटा मध्यदक्षिणपन्थी धार, जसको नेतृत्व पुँजीपति, समान्त वर्गले गर्छ । अर्को ठुलो शक्ति साना किसान, मजदुर, मध्यमवर्गीय व्यवसायीको मध्यवामपन्थीले नेतृत्व गर्छ । अन्य स–साना शक्तिका रूपमा छिटपुट रहन्छन् । नेपाल समाजवादी पार्टी मध्य वामपन्थी (लेफ्ट अफ सेन्टर) लोकतान्त्रिक शक्ति जसलाई हाम्रो संविधानले लोकतान्त्रिक समाजवाद भनेको छ । त्यसको विचार बोक्ने शक्ति अबको आवश्यकता हो । केही वर्षभित्र उथलपुथलबाट एउटा राइट अफ सेन्टर र अर्को लेफ्ट अफ सेन्टर हुन्छ र हुनुपर्छ ।
त्योभन्दा पनि हामीले नयाँ प्रयोग गरिरहेका छौँ । यही मध्येबाट मध्य वामपन्थी धार बन्दै जान्छ । पुराना शक्ति खिइँदै जान्छ । माओवादी पनि एमाले खिएर बनेको हो । वैकल्पिक शक्ति बन्दा पनि मूल धार नयाँ विचारसहित जान्छ । हाम्रोचाहिँ सुस्पष्ट विचार छ । मानिसले बुझिरहेका छैनन् । स्वतन्त्र पार्टीले सुशासनका मात्र कुरा गर्छन् । क्षेत्रीयवादी शक्तिले सङ्घीयता र पहिचानका कुरा गर्छन् । मेरो त दाबी नै छ, हामीले सुरुदेखि नै पाँच ‘स’को अवधारणा लिएर अगाडि बढेको शक्ति हो । पहिलो स्वाधीनता हो । दोस्रो सङ्घीयता र समावेशीता, सुशासनका निम्ति सुशासन, चौथो समृद्धि र पाँचौँमा यी चार विषयलाई जोड्नका लागि समाजवादसहितको विकल्प नै सही बुझाइ हो । अरूले अंश अंशमा बुझेका छन् । हामीले पूर्णरुपमा विकल्प सारेका छौँ । यसले नै आगामी दिनमा नेतृत्व गर्छ ।
यो व्यक्तिको कुरा होइन । यही विचारले नेतृत्व गर्छ । पछिल्लो दिनमा माओवादीले नेतृत्वमा आन्दोलन भएकाले माओवादी शक्ति यो आन्दोलनमा जोडिन पर्छ । दोस्रो एमालेभित्र पनि मध्यपन्थी विचार राख्नेहरू यसमा जोडिनुपर्छ । स्वतन्त्रका नाममा नयाँनयाँ शक्तिहरू आइरहेका छन्, तिनीहरू पनि जोडिनुपर्छ ।
खाली श्रम बेचेर रेमिट्यान्स ल्याउने, त्यसले बस्तु आयात गर्ने र भन्सारमा भ्याट लगाएर राज्य पाल्ने जुन प्रवृत्ति छ, त्यसलाई जतिसुकै राम्रो अर्थमन्त्री आए पनि तत्काल केही गर्न सकिँदैन ।
यो समीकरण कुनै नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा बनेको छैन । सत्ताको भागबण्डाको आधारमा बनेको हो । पहिला तीन वटा समीकरण प्रचण्डजीले गर्नुभयो । यी कुनै पनि समीकरण नीति तथा कार्यक्रममा आधारित थिएन । सत्तालाई स्वार्थमा राखेर गणितीय हिसाबले गर्नुभएको छ । यस्ता गणितीय फेरबदल केही वर्ष भइराख्छ । त्यसपछि बिस्तारै सङ्कटबाट समाधान खोज्छ ।
जहाँसम्म बजेटको कुरा छ, उन्नाइसबाट बिस हुनेवाला छैन । उत्पादन बढेको केही छैन । खाली श्रम बेचेर रेमिट्यान्स ल्याउने, त्यसले बस्तु आयात गर्ने र भन्सारमा भ्याट लगाएर राज्य पाल्ने जुन प्रवृत्ति छ, त्यसलाई जतिसुकै राम्रो अर्थमन्त्री आए पनि तत्काल केही गर्न सकिँदैन । त्यसैले सामान्य सुधारबाहेक केही गर्न सक्दैन ।
मैले पहिलेदेखि भन्दै आएको छु, सर्प जसरी घस्रेर अर्थतन्त्र जाने होइन, भ्यागुतो जसरी उफ्रिएर जानुपर्छ । अहिलेको संरचनामा व्यापक सुधार गर्नुपर्छ । पहिलो कुरा, वैज्ञानिक भूमिसुधार गर्नुपर्छ । दोस्रो, भारतसँगको खुला सिमाना नियमन नगरेसम्म बजारमा व्यवसाय फस्टाउन सक्दैन । तेस्रो वित्तीय र बैंकिङ सुधार आमूल रूपमा गर्नुपर्छ । अहिले ६० खर्ब रुपैयाँ बैंकमा थन्किएर बसिरहेको छ । व्यवसायीहरूले पैसा पाइराखेको छैन । यसमा सुधार गर्नैपर्छ । चौथो, शिक्षा क्षेत्र राम्रोसँग सुधार नगरेसम्म राम्रा जनशक्ति उत्पादन हुन सक्दैनन् ।
संरचनात्मक सुधार नगरेसम्म कुनै फाइदा लिन सक्दैन । देशको भूराजनीतिक अवस्था जुन छ, पहिलो कुरा भारत र चीनसँगको सम्बन्धलाई नै पुनः परिभाषित गर्नुपर्छ । भारतसँगको सम्बन्धलाई नवीकरण गर्न मैले ईपीजी सुरु गरेको थिएँ । प्रतिवेदन बनेको छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ । १९५० को सन्धि र खुला सिमाना लगायतका विषय सम्बोधन गर्ने, भारतलाई पनि नचिढ्याइकन कूटनीतिक तरिकाले राम्रो सम्बन्ध राखेर, सुरक्षा चासोमा संवेदनशील बनिदिनुपर्छ । विकासको हाम्रो आकाङ्क्षालाई भारतले सहयोग गर्नुपर्छ ।
प्रचण्डजी हिजो माओवादीको खोल ओढेर पुरानै एमाले र कांग्रेसजस्तो हर्कत गरिरहनुभएको छ । त्यसरी नगरौँ, धेरै समय चल्दैन । जहाँसम्म तैँले किन सहयोग गरिस् भन्ने साथीहरूलाई लागेको छ ।
चीनसँग अतिरिक्त पुँजी छ, त्योसँग राम्रो सम्बन्ध राखेर उत्तर र दक्षिण जोड्ने मार्गहरू निर्माण गरेर लगानी भित्र्याउन सकिन्छ । चीन र भारतबिच नेपाललाई एउटा सेतुको रूपमा विकास गर्न सकिन्छ । यो तरिका नअपनाएसम्म जतिसुकै हारगुहार गरे पनि, जुन देशको भ्रमण गरे पनि, हात्ती र गैँडा उपहार दिए पनि केही हुँदैन ।
खारेज होइन । प्रचण्डपन्थ सुध्रिँदैन भनेर म ०७२ सालमा अलग भएर अगाडि बढेको हुँ । माओवादी आन्दोलनप्रति मलाई ठुलो गर्व छ । मेरो पनि ठुलो रगत पसिना बगेको छ । लाखौँ जनता बाबुरामको नाम सुनेर माओवादी आन्दोलनमा लागे । त्यसैले नै लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको हो । त्यसैले मलाई माओवादी छोडेको, गाली गरेको भनेर उक्साउन खोज्छन् । त्यसमा सत्यता छैन । यसमा म कहिल्यै सहमत छैन ।
प्रचण्डजी हिजो माओवादीको खोल ओढेर पुरानै एमाले र कांग्रेसजस्तो हर्कत गरिरहनुभएको छ । त्यसरी नगरौँ, धेरै समय चल्दैन । जहाँसम्म तैँले किन सहयोग गरिस् भन्ने साथीहरूलाई लागेको छ । यसमा मेरो प्रस्ट भनाइ छ । शान्ति प्रक्रियाको तीन वटा अङ्ग छ । एक संविधान निर्माण, अर्को सेना समायोजन, यी दुई काम हामीले सम्पन्न गर्यौँ । तेस्रो काम सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगको काम सिङ्गै बाँकी छ । लाखौँ जनता त्यसमा प्रभावित छन् । त्यसको अन्त्य गर्न कांग्रेस, एमाले र माओवादी नमिली हुँदैन । त्यसैले तीन पार्टी मिल्नोस्, म सहयोग गर्छु भनेको हो । बरु म अहिले चुनावमा उठ्दिनँ, पार्टी निर्माणमा लाग्छु भनेको हो ।
त्यसलाई मानिसले प्रचण्डसँग मिल्न खोज्यो भन्ने अर्थ लगाए । त्यसैले म माओवादीमा फर्किने त प्रश्नै होइन । खोला अगाडि बढ्छ, पछाडि फर्कँदैन । व्यक्तिगत रूपमा मेरो कुनै दुस्मनी छैन । उहाँले गलत बाटो लिइरहनुभएको छ । त्यसले कतै पुर्याउँदैन । गलत बाटो छोडेर नयाँ समाजवादी आन्दोलन निर्माणमा म आग्रह गर्छु ।
त्यसमा कुनै सत्यता छैन । अलिकति कमन सेन्स पनि लगाउन सकिन्छ । कार्यकारी राष्ट्रपतिको पक्षमा लागेको मान्छे, त्यो मान्छेले खोपामा बस्ने सेरिमोनियल राष्ट्रपतिमा लोभ गर्यो होला ? कल्पना गर्ने कुरा हो । यसले उहाँको बौद्धिक स्तर कति दरिद्र छ भन्ने देखाउँछ । सबै मानिस पदका निम्ति लाग्दैन । यसमा जनताले बुझ्नुपर्यो । म त्यस्तो मान्छे होइन । हिजो पनि म समाज रूपान्तरणका लागि हिँडेको । अहिले पनि हिँडिरहेको छ ।
विचारको विकास नगरेसम्म पुरानै टाउको जोडेर, पुरानै पार्टी जोडेर कहीँ पनि पुगिँदैन ।
विचारको विकास नगरेसम्म पुरानै टाउको जोडेर, पुरानै पार्टी जोडेर कहीँ पनि पुगिँदैन । ०७४ मा अभ्यास भइसक्यो त । एमाले र माओवादी मिलेर झण्डै दुई तिहाइ बहुमत ल्याएको होइन ? पहिले विचार, नीति र कार्यक्रम थिएन । व्यक्तिबिच सत्ता र शक्तिको भागबण्डामात्र थियो । अहिले पनि त्यही गरिरहनु भएको छ । अब हुने पनि त्यही हो । त्यसले कतै पुर्याउँदैन । समय बर्बादमात्र हो ।
त्यहाँभित्रका साथीहरूले विश्व इतिहासबाट पाठ सिकेर कम्युनिस्ट पार्टीलाई विघटन गर्ने, त्यसलाई नयाँ समाजवादी शक्तिको रूपमा रूपान्तरण गर्नुपर्छ । त्यसो गरेमा त्यहाँ भएका साथीहरूको भविष्य देख्छु । नत्र त्यहाँका इमानदार साथीहरू पनि यिनै पुराना थोत्रिसकेका विचार बोक्ने नेताहरूसँग सती जाने दिन नआउला भन्न सकिँदैन ।
प्रतिक्रिया