उपनिर्वाचन
इलाम-२ उपनिर्वाचन : एक घण्टापछि मतगणना सुरु
आइतबार, १६ वैशाख २०८१, ११ : ५५

विराटनगर । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ उपनिर्वाचनकाे मतगणना एक घण्टापछि सुरु भएको छ । इलामको फाकफोकथुम गाउँपालिका-१ बाट मतगणना सुरु भएको हो ।
२४ मतदान केन्द्र रहेकाे फाकफोकथुममा १६,३०२ कुल मतदाता थिए । त्यहाँ ९,६०४ मत खसेको छ ।
यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका कर्णबहादुर लिम्बूले ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।
यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा