मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै इन्टर मियामीको सजिलो जित

काठमाडौँ । अमेरिकी ब्यवसायिक लिग फुटबल प्रतियोगिता मेजर लिग सकर (एमएलएस) को पछिल्लो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनसँग उनको क्लब इन्टर मियामीले सफलता हात पारेको छ । आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले न्यु इङ्ल्यान्ड रिभोलुसनलाई उसैको घरेलु मैदानमा ४–१ गोलको फराकिलो अन्तरले पराजयको स्वाद चखाएको हो ।
इन्टर मियामीको जितमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । खेलमा सुरुआती अग्रता भने घरेलु टोली न्यु इङ्ल्यान्डले लिएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै न्यु इङ्ल्यान्डका लागि टोमस चान्कालीले गोल गरेका थिए । निर्धारित समयको ३२ औँ मिनेटमा मेस्सीले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको ६७ औँ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले नै अर्को गोल थप्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३औँ मिनेटमा इन्टर मियामीका लागि बेन्जामिन क्रेमास्चीले तेस्रो गोल गरेका थिए । बेन्जामिनलाई गोलका लागि मेस्सीले नै पास उपलब्ध गराएका थिए ।
निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इन्टर मियामीका लागि लुइस स्वारेजले चौथो गोल गरेका थिए । लुइस स्वारेजलाई पनि गोलका लागि मेस्सीले नै पास उपलब्ध गराएका थिए । इन्टर मियामी एमएलएस तालिकाको पहिलो स्थानमा आसिन छ ।
इन्टर मियामीले ११ खेलबाट २१ अंक बटुलेको छ । जारी सिजनको लिगमा इन्टर मियामीले ६ जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ । न्यु इङ्ल्यान्ड भने नौ खेलबाट चार अंक बटुल्दै तालिकाको १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु