लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता, ३५० भन्दा धेरैको उपस्थिति

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो ।
यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । जसमध्ये चीनबाट मात्रै ३५० भन्दा धेरै लगानीकर्ताको सहभागिता रहेको हो । सम्मेलनमा सहभागिता चिनियाँ लगानीकर्ताले पनि नेपालको लगानी सम्मेलनमा चीनबाट अत्यधिक सहभागिता रहेको जानकारी दिएका छन् ।
यो सम्मेलनमा चीनपछि भारतबाट सबैभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । भारतबाट १५० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । यसपछि अमेरिकाबाट करिब ५० जना लगानीकर्ता यो सम्मेलनमा सहभागी छन् । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सित्काका अध्यक्ष लो झाओ क्वींगले नेपालको लगानी सम्मेलनमा चीनबाट ३५० भन्दा बढी लगानीकर्ताको सहभागिताले आफूलाई उत्साहित बनाएको बताए ।
यसबाट नेपाललाई चिनियाँले प्राथमिकतामा राखेको पुष्टि हुने उनले बताए । यो लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ता समक्ष १४८ वटा परियोजना प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड