काठमाडौँ । कीर्तिपुरको टौदहमा सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालयको आयोजनामा मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास‘ मनसुन २ ‘ डेमोस्ट्रेस्न प्रदर्शन भएको छ ।
विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सुरक्षाकर्मीले टौदहमा अभ्यास गरे । भविष्यमा हुने विपद् व्यथापनको लागि यो अभ्यास निकै महत्त्व हुने कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बताए ।
अभ्यासमा बाढीमा हुने सम्भावित जोखिम बाट बच्ने उपाय, पानीमा डुबेकोलाई उद्धार गर्ने लगायत अन्य जोखिम न्युनिकरणीका कार्यहरू देखाइएको थियो ।सशस्त्र प्रहरीले बलले देशै भर विपद् व्यवस्थापन का घटनामा अग्रपङ्कतीमा काम गरिरहेको छ ।
आगलागीका घटना होस या बाढी पहिरो डुबानका घटनामा कुशलता पूर्वक उद्धारको काम गरिरहेको पशुपतिनाथ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताए ।
मनिष अर्याल र नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया