उपनिर्वाचन
इलाम–२ : मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी
आइतबार, १६ वैशाख २०८१, ०७ : ३३

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको छ । सर्वदलीय बैठक लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
सर्वदलीय बैठकका लागि सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालालाई बोलाइएको छ । इलाम नगरपालिका–२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिने भएको छ ।
इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप