वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
![वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी](https://npcdn.ratopati.com/media/news/khagraj_adhikari_WPw1MUmWmw.jpg)
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन आवश्यक रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल’ कार्यक्रममा मुख्ममन्त्री अधिकारीले त्यस्तो बताएका हुन् ।
‘वनमा जानीनजानी डढेलो लगाउँदा बहुमूल्य काठ तथा जङ्गली जनावर तथा चराचुरुङ्गी संकटमा पर्नुका साथै पारिस्थिक प्रणालीमै गम्भीर असर गर्ने गरेको छ । त्यसैले यस्ता कार्यमा सङ्लग्नलाई कडाकारवाही गर्ने कानुन आवश्यक छ”, उनले भने । त्यसैगरी उनले सामुदायिक वन उपभोक्ता महासंघले पनि डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउदै समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
वागमती प्रदेशसभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वअध्यक्ष भारती पाठकले वनलाई समृद्धिको आधार बनाउने खालका नीति नियमको खाँचो औंल्याइन् । उनले उपभोक्ताले संरक्षणमा गरेको योगदानको उच्च कदर गर्दै वन पैदावारमा लगाइएको तेहेरो करको अन्त्य हुनुपर्ने बताइन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख शाही, महासचिव पार्वती गौतम, प्रदेशका उपाध्यक्ष किशोर सापकोटा, महासचिव आशु विकलगायतले वनको महत्व र डढेलो असरबारे प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता