यस्तो छ लगानी सम्मेलनको कार्यक्रम तालिका
शनिबार, १५ वैशाख २०८१, २२ : ३९
काठमाडौँ । आइतबारदेखि राजधानीमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । लगानी बोर्डले सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो ।
त्यसमध्ये १६ सय जना सहभागी हुने भएका छन् । यसै सन्दर्भमा सम्मेलनको कार्यक्रम तालिका समेत सार्वजनिक भएको छ । कार्यक्रम तालिकाअनुसार आइतबार बिहान ८ः ३० देखि ९ः ३० सम्म सहभागीहरुको नाम दर्ता गरिने, ९ः ३० बजे कार्यक्रम उद्घाटन हुने जनाइएको छ ।
यस्तो छ कार्यक्रम तालिका :