रौतहटमा गाँजासहित दम्पती पक्राउ
शनिबार, १५ वैशाख २०८१, २१ : ३७

रौतहट । रौतहटमा लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले कटहरिया नगरपालिकाबाट गाँजासहित बाराका एक दम्पतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक ४२ वर्षीय अनन्त बराइली र निजकी श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्।
कटहरिया २ स्थित अस्थायी प्रहरी पोस्ट छेदिचौकबाट खटिएको प्रहरी टोलीले प्र.२–०३–००१ ह ३१५ नम्बरको अटोमा चेकजाँच गर्दा १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो।
गाँजा, अटो र चालक दम्पतीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
बलि दिन गएकाहरूको कार दुर्घटनाः चार जनाको मृत्यु, बोको बाँच्यो
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान