रोमाञ्चक खेलमा दिल्लीसँग हार्यो मुम्बई

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग १० रनले पराजित भएको छ । जितका लागि २ सय ५८ रनको विशाल लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६३ रन बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २४ बलमा ४६ रन तथा टिम डेभिडले १७ बलमा ३७ रनको योगदान दिए ।
सूर्यकुमार यादवले २६ रन तथा इसान किशनले २० रन प्रहार गरे । दिल्लीका लागि मुकेश कुमार र रासिख सालमले ३–३ विकेट लिए भने खलिल अहमदले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर जेक फ्रासेर म्याकगर्कको विस्फोटक इनिङ्सको मद्दतले ४ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन युवा खेलाडीले मात्र २७ बलमा ८४ रन बनाए । उनले ११ चौका र ६ छक्का हिकाए ।
त्यस्तै, ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन तथा साई होपले १७ बलमा ४१ रनको योगदान दिए । अभिषेक पोरेलले २७ बलमा ३६ रन तथा ऋषब पन्तले १९ बलमा २९ रन बनाए ।
१० खेलमा दिल्लीको यो पाँचौँ जित हो । टोली १० अङ्कसहित लिगमा पाँचौँ स्थानमा छ । उता छैटौँ हार बेहोरेको मुम्बई ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ