काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ
शनिबार, १५ वैशाख २०८१, १९ : ५४

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० बाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । टोखा स्थित सिर्जना टोलमा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले हरि श्रेष्ठको घरमा सञ्चालित जुवा खालबाट १ लाख १३ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३ बाँसबारी बस्ने मानबहादुर पुन, बुढानिलकण्ठ नगरपालिका बस्ने सागर लामा, गोकर्णेश्वर बस्ने नेमा लामा, बुढानिलकण्ठ बस्ने लोप्साङ तामाङ, टोखा–३ घर भएका पुष्पबहादुर खड्का, भक्तपुर बस्ने देन लामा र नागार्जुन घर भएका शरणबहादुर गुरुङ छन् । जुवा खालबाट प्रहरीले ४ बुक तास र १०९ थान क्वाइन बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु