इलाम–२ मा मतपेटिका सङ्कलनको काम जारी
शनिबार, १५ वैशाख २०८१, १८ : १९

इलाम । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात् करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता सङ्ख्या १ लाख १५ हजार ८ सय ८९ छ ।
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सकिएर मतपेटिका सङ्कलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिए ।
मतपेटिका सङ्कलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ । मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।
इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
-
आइन्स्टाइन गलत साबित भएका तीन कुरा
-
किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ : सांसद खाँण
-
नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले सुरु गरे काम
-
पोखरामा डेढ अर्ब खर्चेर साझेदारीमा खानेपानी आयोजना निर्माण हुने