पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ । शनिवार इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै थपलियाले भने, ‘आजदेखि मतगणना थाल्ने भनेका छौँ । राजनीतिक दलहरूसँग पनि कुरा भएको छ । उहाँहरू पनि तयार नै देखिनुभएको छ । इलाममा लगभग ११ बजेसम्म सबै मतदान केन्द्रबाट एक ठाउँमा मतपेटिका आइसक्छ । उता बझाङमा भोलि बिहान १० बजेसम्म मतपेटिका एकै ठाउँ आइपुग्छ । मतगणना सुरु भएको १२ घण्टाभित्र नतिजा निकाल्नु भनेर हामीले भनेका छौँ । पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला ।’
उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत