उपनिर्वाचन
मत प्रभावित पार्न खोजेपछि इलाममा ‘एग्जिट पोल’ संस्थाका केही व्यक्ति पक्राउ
शनिबार, १५ वैशाख २०८१, १७ : २२

इलाम । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भइरहेका बेला मतदान प्रभावित पार्न खोजेको भन्दै एक संस्थाका केही व्यक्ति पक्राउ परेका छन् ।
शनिवार दिउँसो मतदान भइरहेको बेला मतदान केन्द्रहरूमा पुगेका ‘एग्जिट पोल’ भन्ने संस्थाका व्यक्तिहरूले मतदाता प्रभावित पार्न खोजेपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।