इलाम-२ उपनिर्वाचन : मत गणनास्थल तयारी अवस्थामा
शनिबार, १५ वैशाख २०८१, १६ : ३३

इलाम । इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ । इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो ।
मतगणना स्थलमा तारको जाली लगाइएको छ । मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ । साँझ ५ बजे मतदान सम्पन्न भएपश्चात मतपेटिका सोझै सिटी हलमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतपेटिका संकलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'