तीन बजेसम्म बझाङमा खस्यो ४० प्रतिशत बढी मत

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा भइरहेको उपनिर्वाचनमा ४० दशमलव ४५ प्रतिशत मतदान भएको छ । दिउँसो ३ बजेसम्म २६ हजार १९६ मतदाताले मतदान गरेको बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले रातोपाटीलाई जानकारी दिए । जहाँ ६१ हजार ७४८ मतदाता रहेका छन् ।
९३ वटा बुथमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको लामिछानेले बताएका छन् । यहाँ अब ११ जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो ।
कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर खड्का, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र शाही र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्ती, जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का र जनमत पार्टीबाट सुशीला देवी विष्ट प्रतिस्पर्धामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटामोल र जीवनजलको उत्पादन रोकियो
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान