आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
शनिबार, १५ वैशाख २०८१, १३ : ०८

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको बताएका छन् । प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरू सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै थपलियाले भने— ‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङमा १५ प्रतिशत मत खसिसकेको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ ।’
उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रबन्ध गरिएकाले उत्साहजनक रूपमा मतदान भइरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण