‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता ५ दिनदेखि बेपत्ता
नयाँ दिल्ली । ‘तारक मेहताका उल्टा चश्मा’ मा सोधीको भूमिका निभाएका अभिनेता गुरचरण सिंह पछिल्लो ५ दिनदेखि बेपत्ता छन् । २२ अप्रिलमा उनी नयाँ दिल्लीबाट मुम्बईको लागि प्रस्थान गरेका थिए, त्यसपछि उनको बारेमा कसैलाई खबर छैन ।
यस मामिलामा गुरुचरणका बुबाले अप्रिल २५ मा दिउँसो ३ बजे दिल्लीको पालम पुलिस स्टेशनमा हराएको उजुरी दिएका थिए। प्रहरीले अपहरणको मुद्दा दर्ता गरेको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरेको छ जसमा गुरचरण सिंह घरबाहिर निस्किएको देखिन्छ ।
सिंहको फोन पनि २४ अप्रिलसम्म चलिरहेको थियो तर अहिले स्वीच अफ भइसकेको छ । गुरुचरणका बुबा हरगित सिंहले भने, ‘एसएचओले मलाई बोलाएर मेरो छोरालाई छिट्टै फेला पार्ने आश्वासन दिनुभएको छ छन् । गुरुचरण सकुशल र खुसी छन् भन्ने कामना गर्दछु ।’
दैनिक भास्करसँगको विशेष कुराकानीका क्रममा गुरचरणका परिवारसँग निकट रहेका एक जनाले भने, ‘गुरुचरण २२ अप्रिलमा दिल्लीबाट मुम्बईका लागि प्रस्थान गरेका थिए । केही दिनदेखि उनको अवस्था ठिक थिएन । त्यो दिन राति ९:३० बजे उसले मलाई मेसेज पठाएको थियो । उसको उडान ९:३० मा थियो र उनी ११:४० मा मुम्बई एयरपोर्टमा अवतरण गर्ने कार्यक्रम थियो। उसलाई लिन म ११.२५ बजे एयरपोर्ट पुगेँ । पार्किङ लाइन धेरै लामो थियो । त्यसैले मैले सोचे कि उसले फोन गरेपछि पार्किङमा गएर उसलाई पिक अप गर्नेछु। उनलाई त्यहाँ दुई घण्टा पर्खिए तर उनी आएनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?
-
ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?