इलाम क्षेत्र नम्बर २ मा ३० प्रतिशत मतदान

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ । बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ । यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने