मेरी प्रिया ढोई

जब ऊ बिलौना गर्दागर्दा
धेरै बेर रोइ
तब हात्तीले भन्यो
मेरी प्रिया ढोई
हामीलाई सोध्दै नसोधी
हामी दम्पती नै उपहार दिएछन्
यो मुटुमा सधैँ दुख्ने गरि
यो कस्तो चोटिलो प्रहार दिएछन्
हाम्रो प्रकृति हाम्रो वासस्थान
जनावरको अधिकार खोइ
मरुभूमिको गर्मीमा जाँदिन भनी
बिचरी साह्रै नै रोइ
हिमाली नदीको स्वच्छ पानी
अब कहाँ खान पाउनु
हे सरकार चिडियाखानामा
थुनेर कष्ट दिएको हेर्न आउनु
सुनिन्थ्यो मान्छेहरू पनि देशका
खाडी मुलुकमा दुःख खेपिरहेछन्
दिनरात तिनका परिवार यता
आश र त्रासमा कुरिरहेछन्
हामी जनावरलाई त झन्
कसले पो माया गर्छ र
त्यो नौलो ठाउँ अनौठो वातावरण
हामीलाई कसरी मन पर्छ र
वनमा रमाउने हामी वन्यजन्तु
हरे त्यो चिडियाघरको बन्धन
त्यहाँको अर्कै खाना त्यहाँको हप्काइ
सम्झिँदै कहालिँदै रुन्छ यो मन
उपहार दिने लिने चाहिँ गफ गर्दै
मजाले खाएछन् पिएछन्
हामीलाई सोध्दै नसोधी
हामी दम्पती नै उपहार दिएछन्
जन्मेको हुर्केको ठाउँ सधैँ
प्यारो हुने रहेछ
नचाहँदा नचाहँदै छोडी जान
यो मन रुने रहेछ
जब ऊ बिलौना गर्दागर्दा
धेरै बेर रोइ
तब हात्तीले भन्यो
मेरी प्रिया ढोई
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ