आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

शनिबार, १५ वैशाख २०८१, ०९ : १७
शनिबार, १५ वैशाख २०८१

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत  बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । 

हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए । 

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ । 

इन्जिनियर पुनले भने, “ हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप